२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोडिबोलाई ल्याउने दाउमा मड्रिड,बार्सिलोना र लिभरपुल, कसले भित्र्याउला त?



अ+ अ-

काठमाडौं । बार्सिलोना र रियल मड्रिड जस्ता ठुला कल्बले बेलाबेलामा खेलाडि भित्र्याउन तछाड मछाड गर्ने गरेका छन् । कहिले नेयमार होस वा हजार्ड जस्ता उत्कृष्ठ खेलाडिलाई चिनाउने होड दुबै कल्बको लाग्ने गर्दछ ।

यसपटक पनि यि नै दुई ठुला कल्बको नजरमा फ्रेन्च क्लब टुलुजका डिफेन्डर जिन क्लेर टोडिबो परेका छन् । दुबै कल्बले उनलाई ल्याउने इच्छा देखाएको छ । तर दुबै कल्बको नजरमा परेको टोडिबोलाई बार्सिलोनाले लिने की ? रियल मड्रिडले लिने चर्चाको बिषय बनेको छ ।

उमेरले १८ वर्ष लागेका टोडिबो फुटबलका राम्रा डिफेन्डर मात्रै नभई राम्रा मिडफिल्डर पनि भएकाले उनको खोजी अरु कल्बमा पनि भईरहेको छ । जसले गर्दा टोडिबो प्रति सबैको ध्यान आर्कषित भएको हो । यसले  गर्दा उसको मोल समेत बढेको छ ।

बार्सिलोनाका टेक्निकल विभागका इरिक अबिडललाई फ्रेन्च मार्केट सम्बन्धि राम्रो ज्ञान समेत रहेको छ । टोडिबोको अहिले कति हो ? रेट उनलाई राम्ररी थाहा हुदाँ उनि प्रति धेरै चाहान राखेको हो । उनीसँगको कुराकानीमा पनि बार्सिलोनाले टोडिबो ल्याउन चाहेका खबरहरु स्पेनिस मडियामा छाईरहेका छन् । जसको कारणले गर्दा स्पेनिस फुटबल फ्यानमा टोडिबो कुन कल्बमा जाने हुन हेर्न कुरेर बसेका छन् ।

रियल मड्रिडसँगै अरु ठूला क्लबले पनि टोडिबोमाथि आँखा राखिरहेकाले बार्सिलोनालाई सहज भने छैन । टोडिबोमाथि युभेन्टस, म्यानचेस्टर युनाइटेड, लिभरपुल, नापोली र बोरुसिया डर्टमुण्डले पनि चाहना राखेको छ ।

युवा खेलाडिको संख्या धेरै भएको रियल मड्रिडले पनि युवा खेलाडी ल्याउन चाहेको र भविष्यसम्का लागि हुने गरी सेन्टर डिफेन्डर राख्न खोजेकोले टोडिबो मुख्य केन्द्रमा परेका छन् । तर फर्डवट नेयमार जे.आरलाइ पनि ल्याउन खोजेको मड्रिडले उनले ल्याउन सकेको थिएन ।

‘उनी छिटै ठूलो क्लबमा हुने छन्’ टोडिबोका एजेन्ट ब्रुनो स्टेनले भनेका छन्, ‘उसलाई अझै राम्रो गर्न सक्छु भन्ने थाहा छ । ठूला भनिएका क्लबमा पनि आफूले खेल्न सक्छु भन्नेमा उनलाई डर छैन ।’उनले थप्दै भने, ‘मलाई विश्वास छ, लोनमा नभई ऊ ठूलो क्लबमा ट्रान्सफर नै हुनेछ ।’

अहिले टोडिबो कुनै कल्बसँग तत्काल सम्झौतामा नरहेककाले उनलाई नयाँ क्लबमा जान कठिन भने छैन । टुलुजले टोडिबोसँग गर्न खोजेको नयाँ सम्झौतामा उनैले आनाकानी गरेका थिए । उनले उक्त कल्बसँग सम्झैता गर्न नचाहेपछि कुन ठुला प्रतिक्षमा रहेको हुन् ? भन्ने कुरा सबै फुटबलको फ्यानको मुखमा झुन्डेको छ ।