२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल–पुलिस र ब्रिगेड ब्वाइजको खेल बराबरी



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा बिग्रेड ब्वाइज र पुलिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन । यस खेलसँगै नवौँ खेल खेलेको पुलिस १५ अङ्कका साथ अङ्क तालिकाको पाचौँ स्थानमा छ भने समान खेल खेलेको ब्रिगेड ब्वाइज पाँच अङ्कका साथ एघारौं स्थानमा छ ।

खेलमा शुरुवाती अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको पाँचौं मिनेटमा ब्रिगेड ब्वाइजका ऋतिक खड्काले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । उनले विदेशी खेलाडी काजिमले उपलब्ध गराएको पासमा गोल गरेका थिए ।

ब्रिगेड ब्वाइजले आफ्नो शुरुवाती १–० को अग्रतालाई कायम गर्न सकेनन् । खेलको ७५औँ मिनेटमा पुलिसका अभिषेख रिजालले एक गोल फर्काउँर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले हेम तामाङको पासमा गोल गरेका थिए ।

खेलमा पुलिसका हेम तामाङ म्यान अफ द म्याच घोषित भए । सोही मैदानमा आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । रासस