२३ जेष्ठ २०८३, शनिबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाेस्राे टेस्टमा अष्ट्रेलिया १४६ रनले विजयी, सिरिज १-१ काे बराबरीमा



अ+ अ-

काठमाडौं । भारत र अस्ट्रेलियाबीचकाे दोस्रो टेष्ट क्रिकेट खेलमा अस्ट्रेलिया १४६ रनले बिजयी भएकाे छ । दुइ सय ८७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले चौथो दिनको समाप्तिसम्म पाँच विकेट गुमाएको थियाे । याे जितसँगै चार खेलकाे यस सिरिज १-१ काे बराबरमा अाएकाे छ । अब २६ डिसेम्बरमा मेलबर्नमा तेस्राे टेस्ट हुनेछ जसलाइ बक्सिङ डे टेस्ट पनि भनिन्छ ।

तर पाँचाैं दिनकाे खेल शुरू भएकाे केही समयभित्रै भारतकाे पूरै पाली १४० रनमा समेटियाे ।

भारतका तर्फबाट लोकेश राहुललाई शुन्य रनमै गुमाएको भारतले १३ रन हुँदा दोस्रो विकेटको रुपमा चेतेश्वर पुजरालाई चार रनमा गुमाएको थियो । भारतका लागि अजिंक्या राहानेले ३० रन बनाएर आउट हुँदा मुरली विजय २० रनमा आउट भए भने कप्तान विराट कोहली पनि १७ रनमै क्याच आउट हुन पुगे ।

यसअघि अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स सबै विकेटको क्षतिमा २४३ रन बनाएपछि भारतले २८७ रनको लक्ष्य पाएको थियो । उस्मन ख्वाजा ७२ रन बनाउँदै अष्ट्रेलियालाई राहत दिएका थिए । बलिङतर्फ भारतका मोहम्मद सामीले ६ विकेट लिए ।

पर्थ स्टेडियममा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा सबै विकेटको क्षतिम ३२६ रन बनाएको थियो ।

यता, भारतले भने आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २८३ रन मात्रै बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १२३ रन बनाउँदै उकासेका थिए ।