२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राजधानीमा अत्याधिक चिसो महशुस, तापक्रम ३ डिग्री सेल्सियस



अ+ अ-

काठमाडौं । आज बिहान काठमाडौंमा अत्याधिक चिसो महशुस भएको छ । राजधानि काठमाडौंमा बिहान ५ बजे ३ डिग्री सेल्सियस तापक्रम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो तापक्रम यस वर्षकै सबै भन्दा कम हो ।

यसअघि काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री रहेपनि शनिबार भने काठमाडौंको तापक्रम ४ डिग्री पुगेको थियो। आज जुम्लाको तापक्रमा माइनस १ डिग्री रहेको छ। शुक्रबार जुम्लाको तापक्रम शून्य दशमलव ८ डिग्री मापन गरिएको थियो।

त्यस्तै जोमसोमको तापक्रम माइनस १ दशमलव ५ डिग्री मापन गरिएको छ भने जिरीको तापक्रमा माइनस एक दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ।

सुदूर पहाडी जिल्ला डडेल्धुराको तापक्रम २ दशमलव २ डिग्री मापन गरिएको छ भने पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा ५ डिग्री मापन गरिएको छ। विरेन्द्रनगर सुर्खेत र लुम्लेको तापक्रम समान ४ दशमलव ५ डिग्री छ भने धनगढी र ओखलढुंगाको तापक्रम समान ६ दशमदव ८ डिग्री मापन गरिएको छ।