२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतारी लघुवित्तको साधारण शेयर बाँडफाँट



अ+ अ-

काठमाडौँ । चौतारी लघुवित्तको साधारण शेयरमा आवेदन गर्ने मध्ये ५६ हजार ७० जनाले न्यूनतम दश कित्ता शेयर पाएका छन् ।

सो कम्पनीको साधारण शेयरको आज बाँडफाँट गरिएको हो । आवेदकमध्ये दुई लाख १७ हजार १२२ जनाले शेयर पाएनन् । सो संस्थाले धितोपत्र निर्देशिकाअनुसार न्यूनतम दश कित्ताको शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

सो संस्थाको शेयरमा दुई लाख ७३ हजार १९२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये हितग्राही खाता नम्बर नमिलेका र व्यक्तिगत विवरण पूर्ण नभएका ४७५ जनाको आवेदन रद्द गरिएको छ । उक्त लघुवित्तको चुक्ता पूँजी रु १२ करोड ६० लाख छ । साधारण शेयर बिक्रीपछि चुक्ता पूँजी रु १८ करोड ६० लाख पुग्नेछ । रासस