२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा हात हालाहाल भएको खुलासा



अ+ अ-

काठमाडौं । राष्ट्रियताको विषयमा कुरा गर्ने नेताहरूलाई विमलेन्द्र निधिले प्रतिगामी भनेपछि काङ्ग्रेस केन्द्रीय समितिको हिजोको बैठकमा हात हालाहाल भएको समाचार प्राप्त भएको छ।

हिन्दू धर्मावलम्वीहरूको भावनालाई प्रतिवेदनमा समेट्नु पर्छ भनेर नेताहरू डा. प्रकाशरण महत, महेश आचार्य, शङ्कर भण्डारी, चन्द्र भण्डारी, एनपी साउदले जोड दिएकाख थिए । निधि रिसाउँदै हिन्दूको कुरा गर्नेहरू सबै प्रतिगामी हुन भनेपछि रिसाएका नेताहरूले निधिको ‘कुवाक्य’फिर्ता लिन आग्रह गरेको र नमानेपछि चर्काचर्की परेको थियो।

निधिले तयार पारेको प्रतिवेदनमा राष्ट्रियता, राष्ट्रिय एकता र मौलिक धर्म संस्कृति प्रवर्धन गर्न प्रोत्साहित गर्ने कुनै कुरा नभएको भन्दै नेताहरूले प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने धारणा प्रकट गरेका थिए। ८२ प्रतिशत हिन्दू धर्मालम्वी जनताको भावनालाई सम्मान र सम्बोधन गर्न एक शब्द खर्च नगरिएको, तर धर्मनिरपेक्षतालाई ‘महान उपलब्धि’ भन्दै त्यसको रक्षा र विकाश गर्ने मुख्य दायित्व काङ्ग्रेसको भएको भन्ने जस्ता शब्द प्रयोग गरेकोप्रति नेताहरूले गम्भीर आपत्ति जनाएका थिए।

त्यस क्रममा हात हालाहाल हुन लागेपछि सभापति शेरबहादुर देउवाले हिन्दू धर्मावलम्वीको भावनालाई सम्बोधन गर्नेगरी प्रतिवेदन संशोधन गर्ने भनेपछि निधिले देउवालाई पनि झम्टिएका थिए। निधिले पार्टीको इतिहासमा खुमबहादुर खड्का र चक्र बास्तोलाले पुऱ्याएको योगदानबारे उल्लेख गर्न नचाहेको र दुई स्वर्गीय नेताको नामसमेत प्रतिवेदनमा लेख्न नचाहेका थिए। यस विषयमा पनि नेताहरूको चर्काचर्की परेको थियो।