२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा कोठामा चार वटा कक्षा सञ्चालन



अ+ अ-

धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा एउटा कोठामा चारवटा कक्षा सञ्चालन भइरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
कुचुक्क परेको सानो कोठा । सबै चेपाङ समुदायका बालबालिका नाङ्गै खुट्टा विद्यालय आउने गर्छन् । कक्षामा विद्यार्थी चारतिर फर्केर बस्छन् । दुई शिक्षक एकैपटक कोठामा जान्छन् । आफ्नो विषय पढाएर फर्कन्छन् ।

धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नं २ चोतेस भन्ने दुर्गम गाउँमा अवस्थित बागेश्वरी आधारभूत विद्यालयमा यसरी चार कक्षा एउटै कोठाबाट वर्षौंदेखि पढाइ भइरहेको छ । तर शिक्षामा लगानी गर्नेको ध्यान जान सकेको छैन ।

विद्यालयमा जम्मा एउटा कोठा छ, बालकक्षादेखि कक्षा तीनसम्म पढाइ हुन्छ । दुई शिक्षक सँगै जान्छन् । विद्यार्थी तिनतिर फर्काएर पढाउछन् । यो विद्यालयको नियमित कार्य भएको छ । कक्षाकोठाको अभावका कारण एकै ठाउँमा सबै कक्षाका बालबालिकालाई राखेर अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताउँदै, एकै कोठा धेरै कक्षा विद्यार्थी राख्दा सिकाइ क्रियाकलाप प्रभावकारी नहुने शिक्षक बुद्धिमाया तामाङको भनाइ छ ।

विद्यालयमा राज्यले निर्धारण गरेको न त भूकम्प प्रतिरोधी भवन नै छ न त अपाङ्गतामैत्री लैङ्गिकमैत्री कक्षाकोठा नै छ । विद्यालय हाता साँघुरो छ, न खेल मैदान न त शौचालय नै छ । भएको भवन पनि कच्ची छ, बाल शिक्षादेखि कक्षा ३ सम्म ५५ जना विद्यार्थी रहेको यस विद्यालयमा सरकारी दरबन्दीको शिक्षक छैनन् । सबै चेपाङ बालबालिकामात्र अध्ययन गर्न आउने उक्त विद्यालयमा गाउँपालिकाको अनुदानमा एक जना शिक्षक राखिएको छ भने अन्य एक जना गाउँलेले नै स्रोत जुटाएर शिक्षक राखेका छन् । जीर्ण भवन, शिक्षकको अभाव र शौचालयको अभावले यस विद्यालयका बालबालिकाले निकै दुःख खेपिरहनुपरेको छ । रासस