२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावासमा क्रिकेट



अ+ अ-

काठमाडौं – पाकिस्तानी दूतावासको आयोजनामा ट्वान्टी–२० क्रिकेट प्रतिगोगिता बुधबारदेखि सुरु भएको छ। महाराजगञ्जस्थित पाकिस्तान दूतावासको क्रिकेट ग्राउन्डमा भएको प्रतियोगिताको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए।

कार्यक्रममा मेयर शाक्यले दुई देशबीचका युवाहरूलाई क्रिकेटको माध्यमबाट जोड्ने कार्य सराहनीय रहेको बताए। उनले दूतावासले वार्षिक रूपमा खेलकुद आयोजना गर्दै पुर्याएको योगदान तारिफयोग्य रहेको उल्लेख गरे। पाकिस्तान राजदूत मजहर जावेदले वार्षिक रूपमा गरिने खेलकुद नेपाली युवामाझ लोकप्रिय बनिरहेको बताए।

दूतावासकै मैदानमा हुने प्रतियोगिता आगामी  पुस ५ सम्म हुनेछ। प्रतियोगितामा १६ टिमको सहभागिता छ। बुधबार पाँच पोखरी क्रिकेट क्लबले पाकिस्तानी दूतावासलाई हराउँदै विजयी सुरुआत गरेको छ।