२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन हुदै



अ+ अ-

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज महत्वपूर्ण तीन खेल हुँदै छन् ।सातदोबाटोको एन्फा कम्प्लेक्समा आज दिउँसो २ बजेर ३० मा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्न छ ।

लिगको तेस्रो स्थानमा रहेको संकटाले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिग लिडर मनाङ मस्र्याङ्दी क्लबसँगको अंकसँग बराबरी बनाउने लक्ष्यमा राखेको छ। यता हिमालयन शेर्पा भने संकटा क्लबलाई बराबरमा रोक्ने दाउँमा रहेको छ ।

संकटा कल्बको सातखेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोरी १८ अंक जोडेको छ । यता, हिमालयन शेर्पाले भने सात खेलमध्ये तीन खेलमा जित दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै ११ अंक बनाएको छ ।

त्यस्तै, एन्फा कम्प्लेक्सकै मैदानमा आजै हुने पहिलो खेलमा जित विहीन रहेको न्युरोड टिम एनआरटीले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल विहान ११ बजे सुरु हुनेछ ।

सरस्वती युथ क्लबले सात खेलबाट दुई खेलमा जित र पाँच खेलमा हार ब्यहार्दै ६ अंक बनाएको छ । यता, एनआरटीले भने सात खेलमध्ये ६ खेलमा हार र एक खेलमा बराबरी साथ १ अंक जोडेको छ ।

यता, हलचोकस्थित एपीएफको खेल मैदानमा विभागीय टिम एपीएफ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
एपीएफले सात खेलबाट तीन खेलमा जित, तीन खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ ।

जावलाखेलले सात खेलमध्ये एक खेलमा जित, पाँच खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै चार अंक मात्रै बनाएको छ ।

 




भर्खरै