२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुधार



अ+ अ-

याङ्गुन । म्यान्मारका राष्ट्रपति यू विन मिन्तले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको म्यान्मार भ्रमणले यी दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सहयोग पुगेको बताउनुभएको छ ।

हाल म्यान्मार भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति कोविन्दको सम्मानमा दिएको रात्रिभोजमा म्यान्मारका राष्ट्रपति मिन्तले भारतका तर्फबाट भएको यो पछिल्लो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन महत्वपूर्ण सावित भएको धारणा राख्नुभएको थियो ।

रात्रिभोजमा बोल्दै म्यान्मारका राष्ट्रपति मिन्तले भन्नुभयो, भारतले म्यान्मारसँगको सम्बन्धका लागि दिएको महत्वको हामी उच्च प्रसंशा गर्दछौँ ।

म्यान्मार भारतको एक असल छिमेकी देश भएको भन्दै म्यान्मारका राष्ट्रपति मिन्तले यी दुई देशको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको बताउनुभयो । आगामी दिनमा एसियाली क्षेत्रको शान्ति, समृद्धि र स्थायित्वका लागि म्यान्मारले भारतसँग सम्बन्ध गाँसेर काम गर्न चाहेको उहाँले धारणा राख्नुभयो ।

भारतीय राष्ट्रपति कोविन्दले शान्तिप्रक्रिया, राष्ट्रिय सहमतिको निर्माणका साथै आर्थिक सुधारका क्षेत्रमा म्यान्मारले पछिल्ला समयमा प्रगति गरिरहेकोमा म्यान्मारको प्रशंसा गर्नुभयो ।

उहाँले समग्र भारतीय जनता म्यान्मारको शान्ति, समृद्धि र स्थायित्वका पक्षमा उभिएका छन् भन्नुभयो । एक असल छिमेकका रुपमा भारतले म्यान्मारको सम्बन्धलाई सदैव महत्वका साथ हेरिरहेको धारणा पनि भारतीय राष्ट्रपति कोविन्दले राख्नुभयो ।

भारतीय राष्ट्रपति कोविन्द हाल म्यान्मारको पाँच दिने औपचारिक भ्रमणका क्रममा हुनुहुन्छ । उहाँ आगामी शुक्रबार स्वदेश फर्किनुहुनेछ । गएको करिब एक दशकपछि भारतीय उच्च नेताका रुपमा उहाँको यो नै पहिलो भ्रमण हो ।
रासस