२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएल : भैरहवाको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौँ । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग इपिएलमा लगातार दोस्रो जित हासिल गरेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै भैरहवाले चार अङ्क जोडेको छ । भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर नौ विकेट गुमाइ १३१ रनमात्र बनाउन सक्यो । चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे । शाहब आलमले नटआउट १६ रन बनाए ।

बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवीइन्दर सिंहले दुई÷दुई, रायन टेन डेसचाटे र अभिनाश बोहराले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९।३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो । भैरहवाका लागि राएन टेन डेसकाटेले ३५, प्रदिप ऐरीले २६, रवीइन्दर सिंहले २५, आरिफ शेख र पुनित मेहराले १२÷१२ रन जोडेका थिए ।

चितवनका सागर ढकालले तीन र जर्ज स्कटले दुई विकेट लिएका थिए । जारी प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो । बुधबार पहिलो खेलमा भैरहवाले विराटनगर वारियर्ससँग र काठमाडौँ किंग्स ११ ले ललितपुर प्याट्रियसबीच खेल हुनेछ ।
रासस