२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा



अ+ अ-

काठमाडौैँ, २२ मङ्सिरः  ‘वर्ल्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ ।
नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गर्नुभयो ।

उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको थियो ।

मङ्सिर २० गते उक्त ट्रफीलाई सगरमाथा आधार शिविरमा लगिएको थियो । त्यस्तै मङ्सिर २१ गते विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र पाटन दरबार स्क्वायरमा प्रदर्शन गरिएको थियो ।

सन् २०१२ देखि नेपालमा पनि रग्बी खेलको औपचारिक शुरुआत भएको सङ्घले जनाएको छ ।

सङ्घ स्थापना भएलगत्तै नेपालले रग्बीको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा सहभागिता जनाउँदै आएको अध्यक्ष टङ्कलाल घिसिङले बताउनुभयो ।

विश्वमा नेपाललाई चिनाउन र पर्यटनको प्रवद्र्धनका लागि उक्त ट्रफी नेपालमा ल्याइएको सङ्घले जनाएको छ ।