२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजारमा दोहोरो अङ्कले गिरावट



अ+ अ-

काठमाडौँ, १६ मङ्सिर: धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८९ अङ्कले घटेर २४०.२६ पुगेको छ । आज कूल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको स्टकले जनाएको छ ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये व्यापार उपसमूहको मात्र शेयर उकालो लागेको छ । सो उपसमूह २.९६ अङ्कले बढेको छ । यस्तै बैँकिङ १५.५८, होटल ३३.२६, विकास बैंक ११.३३, जलविद्युत् १६, फाइनान्स ५.०७, निर्जीवन बीमा १३९.५१, उत्पादन २.७३, अन्य ७.७३, लघुवित्त २८.८५ र जीवन बीमा १०५.६७ अङ्कले घटेको छ ।

विजय लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी लिमिटेड, कालीका पावर कम्पनी लिमिटेड र रैराङ हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।