२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजुलीको ‘अघोरी’, विकृतिमाथि चाेटिलाे प्रहार



अ+ अ-

हेटौँडा, १५ मंसिरः मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको चोटिलो प्रहार भएको टिप्पणी गरेका छन् ।

साहित्य सङ्गम मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पुस्तकमाथिको विमर्शमा पाठकले विषय विविधताका दृष्टिले कथा सङ्ग्रह उत्कृष्ट रहेको बताएका हुन् । पत्रकारितासँगै साहित्य लेखनमा सक्रिय पराजुलीका अघोरी कृतिमा १७ कथा सङ्ग्रहित छन् ।

समीक्षक घनश्याम घिमिरेले अघोरीका कथाले समाजलाई तरङ्गित र गतिशील बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । “अघोरीका नारी चरित्र समाजमा तरङ्ग ल्याउन सफल देखिएका छन्”, उहाँले भन्नुभयो, “मधेशका पात्रको सशक्त उपस्थितिले नेपाली राष्ट्रियतालाई थप फराकिलो बनाइदिएको छ ।” गुमदेशका कथामा नेपालीको राष्ट्रप्रतिको पे्रमलाई उतारिएको छ ।

साहित्यकार अप्सरा तिम्सिनाले पत्रकारिता शैलीमा लेखिएकाले कथा सङ्ग्रह पठनीय विचार व्यक्त गर्नुभयो । “चरम गरीबीमा पनि पे्रम झाङ्गिएको दृश्य रोमान्टिक लाग्यो” उहाँले भन्नुभयो ।

पाठकसँग साक्षात्कार गर्दै लेखक पराजुलीले नेपाली जनताले बढी अपेक्षा गरेका कम्युनिष्ट शक्तिसमेत स्खलित भएकाले कम्युनिष्टलाई नै अझ बढी प्रहार गर्नुपरेको जिकिर गर्नुभयो ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमिष निखिलले समाजमा व्याप्त समस्या, राजनीतिक चरित्रलाई लेखकले जस्ताको तस्तै पस्कन सफल भएको बताउनुभयो ।