२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपकाे जादू चलेन, २ अाेभरमा ४७ रन दिए



अ+ अ-

काठमाडाै, १३ मंसिर । युएइकाे शारजाहमा संचालित दश अाेभर (टी टेन) फर्म्याटकाे क्रिकेट प्रतियाेगिता अन्तरगत बिहीबार खेलिएकाे एक खेलमा नेपाली उदीयमान बलर सन्दीप लामिछानेले २ अाेभरमा ४७ रन दिएका छन् ।

केरला नाइट्सबाट खेलेका सन्दीप विरूद्ध नर्दन वारियर्सका तर्फबाट खेल्ने वेस्ट इन्डिजका दुइ खतरनाक ब्याट्सम्यान एन पूरन र अान्द्रे रसेलले छक्काकाे वर्षा लगाएका थिए । सन्दीपकाे बलमा ७ छक्का प्रहार भएकाे थियाे । उनले प्रति अाेभर २३.५ रन दिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेकाे केरला नाइट्सले २ विकेट गुमाएर १०१ रनकाे झिनाे याेगफल तयार पारेकाे थियाे ।

जितका लागि १०२ रनकाे लक्ष पाएकाे नर्दन वारियर्सले ७.२ अाेभरमा १०५ रन बनाएकाे थियाे । नर्दनका लागि अान्द्रे रसेलले २९ र एन पूरनले ४३ रन बनाएका थिए ।