२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा बरियतामा नेपाल एक स्थान तल



अ+ अ-

काठमाडौँ, १३ मङ्सिर: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६२औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १६१ औं स्थानमा थियो । बरियताअनुसार दक्षिण एशियामा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् ।

भारत ९७ औँ स्थानमा यथावत रहेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औँ स्थानमा रहेको छ । त्यस्तै भूटान १८६ औँ, बङ्गलादेश १९२औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा रहेका छन् ।

नयाँ बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इङ्ग्ल्यान्ड, पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विजरल्याण्ड आठौँ, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।




भर्खरै