२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लिभरपुल पराजित, पेरिस र बार्सिलाेनाकाे जीत



अ+ अ-

काठमाडाैं, १३ मंसिर । युराेपेली च्याम्पियन्स लिगका समूह चरणका पछिल्ला खेलमा उपाधिकाे दाबेदार समेत मानिएकाे लिभरपुल पेरिस सेन्ट जर्मेनसँग २ – १ गाेल अन्तरले पराजित भएकाे छ ।

पेरिसका तर्फबाट जुअान बर्नाटले १३ र नेमारले ३७ अाैं मिनेटमा गाेल गरेका थिए । लिभरपुलका लागि जेम्स मिल्नरले पहिलाे हाफकाे अतिरिक्त समयमा गाेल गरेका थिए ।

अर्काे खेलमा बार्सिलाेनाले पिएसभीलाइ २ – १ गाेल अन्तरले पराजित गरेकाे छ । बार्सिलाेनका लागि जेरार्ड पिके र लियाेनेल मेस्सीले गाेल गरेका थिए भने पिएसभीका लागि लुक जाेङले गाेल फर्काएका थिए ।

अन्य खेलमा टाेटेनह्यामले इन्टरलाइ १- ० गाेल अन्तरले पराजित गरेकाे थियाे । नापाेली र पाेर्टाे समेत विजयी भएका छन् ।