२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध



अ+ अ-

काठमाडौँ, ४ मङ्सिर – नेपालका एकजना वरिष्ठ कूटनीतिक व्यक्तित्वले जापानी उद्यमी–व्यवसायी तथा लगानीकर्तालाई आफ्नो देशमा पूँजी परिचालन गर्न अनुरोध गरेका छन् ।

टोकियोस्थित नेपाली दूतावास, जापान बाह्य व्यापार सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठनले आज संयुक्तरुपमा जापानको राजधानी टोकियोमा आयोजना गरेको ‘नेपाल लगानी’ कार्यशालामा जापानी व्यापारीलाई नेपाल आउन अनुरोध गरेका हुन् ।

आफ्ना जापानी समकक्षीको निमन्त्रणामा जापान भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कार्यशालामा नेपालको पछिल्लो राजनीतिक विकास तथा नेपाल सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वैदेशिक लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमबारे प्रष्ट पार्दै उहाँले कृषिको आधुनिकीकरण, जलविद्युत् उत्पादन, भौतिक पूर्वाधार निर्माण, सूचना तथा सञ्चार प्रविधि, पर्यटन तथा सेवा क्षेत्रमा लगानी गर्न जापानीहरूलाई आग्रह गर्नुभयो ।

मन्त्री ज्ञवालीले जापानका पर्यटन व्यवसायीलाई नेपालका पर्यटन क्षेत्र र पर्यटकीय गन्तव्यबारे प्रचारप्रसार गर्न तथा जापानी नागरिकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न पनि आग्रह गर्नुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले जारी गरेका लगानीमैत्री नीति, ऐनकानून तथा लगानी प्रक्रियासम्बन्धी विस्तृत जानकारी दिनुभएको थियो ।

(रासस)