२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराते टोली इण्डोनेशिया प्रस्थान



अ+ अ-

काठमाडौँ, ४ मङ्सिर: छैटौँ एशियाली गोजुरिया कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली आज इण्डोनेशियाको जकार्ता प्रस्थान गरेको छ ।

यही मङ्सिर ५ देखि ९ गतेसम्म हुने प्रतियोगितामा पासाङ रिन्जिन लामा, रामकुमार गिरी, चिरायु रिजाल, फुर्साङ वाइबा, बिमल थापा, सुजनकुमार पुरी, सञ्जु नगरकोटी, अमित थापा, अर्जुनकुमार गहतराज विक, सरु मानन्धर, विमलकुमार राई, करिना पुरी, कमल लामा वाइवा, प्रमिशकुमार सिंह, नवीन काउछा, गोर्खाराज लामा, विधान अधिकारी र दिलीप पुनले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा बलराम मित्र, अफिसियलमा चन्द्रप्रकाश घर्ती, ढाकाराम लामिछाने, राजेशबहादुर श्रेष्ठ र मुक्तिनाथ गुरुङ, व्यवस्थापकमा सुवास इटनी, सहायक व्यवस्थापकमा राजु अधिकारी र प्रशिक्षकमा विजय अधिकारी रहेका छन् ।

टोलीमा विसनसिंह खड्का, सानुबाबु गिरी, प्रकाशकुमार चन्द, दीपक लामा, सानुकाजी नगरकोटी, रामकुमार श्रेष्ठ, वीरेन्द्रबहादुर शाही, डम्बरबहादुर शाही, पुष्पकुमार क्षेत्री र सन्दीप थापा छन् ।

विसनसिंहले प्रतियोगितामा भेट्रान एकल कातातर्फ पनि प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट र सदस्य उपेन्द्र पौडेलले आजै बिदाइ गर्नुभएको थियो ।