२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजकाे लज्जास्पद हार, चौथो एकदिवसीय भारतले जित्याे



अ+ अ-

मुम्बई, १२ कात्तिकः भारतले वेस्ट इन्डिजलाइ चाैथाे एकदिवसीय खेलमा २२४ रनले पराजित गरेकाे छ ।

पहिले ब्याटिङ गरेकाे भारतले राेहित शर्माकाे व्यक्तिगत १६२ रन र अम्बाटी रायडूकाे १०० रनकाे मद्दतले ३७७ रनकाे विशाल स्काेर खडा गरेकाे थियाे ।

जवाफमा ३७८ रनकाे विशाल लक्ष पछ्याउने क्रममा १५३ रनमै समेटिएकाे थियाे ।

भारतका लागि खलिल माेहमद र कुलदीप यादवले ३, ३ विकेट लिएका थिए ।

यसअघि टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियाे ।

पाँच खेलको यस शृङ्खलामा दुवै देशले एकएक खेल जितेका छन् । एउटा खेल बराबरीमा सकिएको थियो ।

आजको खेलमा भारतले दुई खेलाडी परिवर्तन गरेको थियाे । मध्यक्रमका ब्याट्सम्यान केदार जाधव र रविन्द्र जडेजा टिममा फर्किका छन् भने रिषभ पन्त र युजवेन्द्र चहललाई हटाइएको छ ।

टस जितेपछि प्रतिक्रिया दिँदै भारतीय कप्तान विराट कोहलीले मुम्बईको खेल मैदानमा बढी रन बन्ने भएकाले ब्याटिङलाई ध्यानमा राखिएको बताउनुभएकाे थियाे ।

वेस्ट इन्डिजले पनि एकजना खेलाडी परिवर्तन गरेको छ । यसअघिको खेलमा सहभागी भएका बलर ओवेद म्याककोएको स्थानमा कीमो पललाई मौका दिइएको कप्तान जेसन होल्डरले बताउनुभयो ।