२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको बैठकमा राजधानीको विषय प्रवेश



अ+ अ-

हेटौँडा, २१ असोज (रासस) – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ ।

उक्त दलको मुख्यमन्त्री निवासमा आज बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा पनि प्राथमिकता पाउने बताउनुभयो ।

उहाँले यो विषयमा अहिले सबैको चासो भएकाले छिटै प्राथमिकतामा राखिने धारणा व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, “सबै सांसदहरु तथा प्रदेश नं ३ का जनता स्थायी राजधानीको विषय चाँडो टुङ्गोमा पुगोस् भन्नेमा छन्, यो विषयले आज या भोलि सांसदमा प्रवेश पाउनेछ ।”

बैठकमा नेकपा ३ नं प्रदेश संसदीय दलको विधानको स्वीकृति, संसदीय दलका सभापतिको प्रतिवेदन, मन्त्रीद्वारा मन्त्रालयको प्रगति प्रतिवेदन पेश गर्ने तथा पार्टीको लेबी विषयमा समेत छलफल हुने कार्यक्रमसमेत रहेको सांसद मुनु सिग्देलले जानकारी दिनुभयो ।