२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब २०० अर्ब डलरका चिनीया सामानमा करवृद्धि शुरु



अ+ अ-

वासिङ्टन, ८ असोज (रासस/एएफपी)ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गर्नुभएको घोषणा सोमबारदेखि लागू भएको छ । यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ ।

योसँगै अमेरिका प्रवेश गर्ने कूल दुईसय ५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि लागू भएको छ । चीनबाट अमेरिका निर्यात हुने करिब आधा सामानमा अब करको असर पर्नेछ । विभिन्न अध्ययनका अनुसार अमेरिकामा आम उपभोगका सामानको मूल्य बढ्नेछ ।

अमेरिकी अर्थतन्त्रमा पर्ने प्रभावको प्रतिरक्षा गर्दै राष्ट्रपति ट्रम्पले चीनले स्वच्छ व्यापारलाई बढावा नदिए चीनबाट आपूर्ति हुने सबै सामानमा करवृद्धि गर्ने चेतावनी दिनुभएको छ । चीनले खासगरी बजारको लोभ देखाएर अमेरिकी उच्च प्रविधि, रोजगारी र ठूला उद्योग सुटुक्क चीन लगेको अमेरिकाले आरोप लगाउँदै आएको छ ।

बदलामा बेइजिङले पनि ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गर्ने घोषणा गरिसकेको छ । चीनले ५ हजार २०० किसिमका अमेरिकी सामानमा ५ देखि १० प्रतिशत करवृद्धि गर्ने लक्ष्य राखेको छ । यो सहित अमेरिकाबाट आयात हुने करिब एकसय १० अर्ब डलर बराबरका सामानमा कर लाग्नेछ । अर्थात् अमेरिकाबाट आयात हुने सबै वस्तुमा अब कर लाग्नेछ ।

तर राष्ट्रपति ट्रम्पले “तेस्रो चरण”को करवृद्धि पनि हुने चेतावनी दिनुभएको छ । उहाँले चीनबाट आयात हुने अरु दुईसय ६७ अर्ब डलर बराबरका सामानमा करवृद्धि गर्ने उल्लेख गर्नुभएको छ । यो चेतावनी कार्यान्वयनमा आए चीनबाट आयात हुने सबै वस्तुमा करवृद्धि हुनेछ ।

विश्वका यी दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको संवाद पनि पछिल्ला समय पातलिएको छ । वाल स्ट्रिट जर्नलका अनुसार चीनले सेप्टेम्बरमा वासिङ्टन पठाउने भनिएको वार्ता टोलीको यात्रा कार्यक्रम रद्द गरेको छ । गत अगस्टको अन्त्यतिर भएको वार्तामा पनि खासै प्रगति भएको थिएन ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्ला व्यापारिक तनावले आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ । कोषका प्रवक्ता गेरी राइसले करवृद्धिले दुवै मुलुकका साथै विश्वका अन्य राष्ट्रमा पनि प्रभाव पार्ने बताउनुभयो ।