२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि



अ+ अ-

बैतडी, ७ असोज (रासस) ः नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा प्रथम परस्कार रु एक लाख ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र र द्वितीय पुरस्कार रु ५५ हजार ५५५ ट्रफी तथा प्रमाणपत्र राखिएको आयोजक निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी)का अध्यक्ष महेशसिंह भण्डारीले बताउनुभयो । कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी एक जनालाई रु ११ हजार १११ ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक÷एक जनालाई जनही रु ५ हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने जनाएको छ ।

असोज २५ गतेभित्र टिम दर्ता गराइसक्नुपर्ने प्रतियोगितामा सहभागी हुने टोलीमा तीन जनासम्म राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको खेलाडी (नेपाली नागरिक) समेत राख्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु निङ्गलाशैनी खेल मैदान देहिमाडाँैमा सञ्चालन हुनेछन् ।

विसं १९९९ मा स्थापना भएको निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँले विकास, अनुशासन र गतिशीलता भन्ने मूल भावका साथ जिल्लामा सक्रिय अवस्थामा रहेको छ ।