२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग प्रधानमन्त्री कोइराला र संविधानसभाका अध्यक्ष नेम्वाङबीच भेटवार्ता



अ+ अ-
फाइल फोटो

काठमाडौं, भदौ २९ । राष्ट्रपति डा. रामवरण यादवलाई संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आगामी असोज ३ गते संविधानसभा भवनमा हुने विशेष समारोहका लागि औपचारिक निम्तो दिएका छन् ।

सभाध्यक्ष नेम्वाङ मंगलबार बिहान शीतल निवास पुगेर नेपालको नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रमका लागि राष्ट्रपति यादवलाई निम्तो दिएका हुन् ।

असोज ३ गते संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष समारोहकाबीच नयाँ संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम संविधानसभा सचिवालयले तय गरिसकेको छ ।

राष्ट्रपति यादवले निम्तोबारे छिट्टै औपचारिक जानकारी दिने बताएको सभाध्यक्ष नेम्वाङले जानकारी दिए ।

संविधानसभामा अहिले संविधानको परिमार्जित विधेयकको धारामाथि दफावार मतदान गर्दै पारित गर्ने कार्य भइरहेको छ । संविधानसभामा सभासदहरुको मतका आधारमा नयाँ संविधानको सबै धारा पारित गरिसकेपछि सबै सभासदहरुले त्यसमा हस्ताक्षर गर्ने छन् ।

संविधानको नियमावली अनुसार सबै सभासदहरुको हस्ताक्षरपछि सभाध्यक्ष सुवास नेम्वाङले संविधानलाई प्रमाणीकरण गर्ने छन् भने राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू भएको घोषणा गर्ने छन् ।

त्यसैगरी मंगलबार नै प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान लेखनमा अहिलेसम्म भएका प्रगति र जारी संविधान लेखन प्रक्रियामा राजनीतिक दललाई सहभागी गराउन गरिएको प्रयासहरुबारे जानकारी गराएका थिए । भेटपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट संविधान जारी हुने सुनिश्चित भइसकेकाले अब कुनै शङ्का नगर्न सबैसँग आग्रह गरेका थिए ।