२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचरण विपरीत काम गर्ने ३८ प्रहरीलाई कारबाही



अ+ अ-

बलेवा (बागलुङ), भदौ २४। सवारी दुर्घटना न्यून र अपराध नियन्त्रण गर्न धौलागिरि अञ्चल प्रहरी कार्यालय, बागलुङले छड्के अनुगमन सुरु गरेको छ ।

अञ्चल प्रहरीले आकस्मिक रुपमा सडक सुरक्षा चेक प्वाइन्ट खडा गरेर सवारी साधनको जाँचमा कडाइ गरेको हो । चाडपर्व नजिकिँदै जाँदा सवारी दुर्घटना बढ्नुका साथै चोरी तथा आपराधिक घटना हुने भएकाले धौलागिरि अञ्चलका चारै जिल्लामा छड्के जाँच गर्न सुरु गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताउनुभयो ।

“हरेक जिल्लामा जिल्ला प्रहरीले आफ्नो ढङ्गले जाँच गरिरहेको छ,” चौधरीले भन्नुभयोे – “हामीले आकस्मिक रुपमा छड्के जाँच सुरु गरेका छौँ ।” उहाँका अनुसार धौलागिरिको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

यसैबीच प्रहरी आचरण विपरीतका काम गर्ने प्रहरीलाई कारबाही गरेको अञ्चल प्रहरी कार्यालय, बागलुङले जनाएको छ । धौलागिरिमा आव २०७१-७२ मा ३८ जना प्रहरीलाई कारबाही गरेको एसएसपी चौधरीले जानकारी दिनुभयो ।

आफ्नो ड्युटीअनुसार काम नगर्ने, प्रहरी सङ्गठनको अनुशासन उल्लङ्घन गर्ने र पदीय दायित्वलाई पूरा नगर्नेलाई कारबाही गरिएको उहाँले बताउनुभयो । बागलुङमा १४, म्याग्दीमा १०, पर्वतमा सात र मुस्ताङमा कार्यरत पाँचजना गरी कुल ३८ जनालाई कसूरअनुसार विभिन्न कारबाही गरिएको छ । कारबाहीमा पर्नेमा सिपाहीदेखि सइसम्मका छन् । रासस