२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा बस्ने नेपालीद्वारा विद्यालयलाई रु दश लाख



अ+ अ-

त्रिशूली(नुवाकोट), ७ भदौ । इजरालयमा रहेर काम गरिरहेका नेपालीले सङ्कलन गरी पठाएको रकम भूकम्पबाट भत्किएका विद्यालयलाई सदरमुकाम विदुरमा वितरण गरिएको छ । 

सत्र विद्यालयलाई प्रतिविद्यालय रु ६१ हजार सात सय ६५ का दरले जम्मा रु १० लाख ५० हजार वितरण गरिएको हो । सहयोग रकम वितरण गर्दै जिल्ला दैवीप्रकोप उद्धार तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ उमेशकुमार ढकालले भूकम्पले भत्काएको विद्यालयलाई प्रदान गरिएको रकमले थोरै भए पनि अस्थायी टहरा निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भुकम्पपीडित सहयोग अभियान इजरायलका सहयोगी डा उद्धव प्याकुरेलले विदेशमा बसेका नेपालीले नेपालको भूकम्पको पीडालाई थोरै भए पनि राहत प्रदान गरेको बताउनुभयो । रासस