२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक बारे तपाइँले थाहा नपाएका ९ रोचक तथ्यहरु



अ+ अ-

झण्डै डेढ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वको सबैभन्दा ठूलो सोसल मिडिया साइट हो । तर फेसबुकका ठ्याक्कै वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा कतिजनालाई था

हा

– छ ? मार्केटिङ र्फम विसपोन्डले फेसबुकको बारेमा केही पछिल्ला ४० तथ्यहरु सार्वजनिक गरेको छ । जसमध्ये ९ रोचक तथ्य बिजनेस इनसाइडरले यसरी प्रस्तुत गरेको छ

· फेसबुक किशोरी तथा युवतीहरुका लागि खासै सुरक्षित देखिँदैन । फेसबुक प्रयोगकर्ता ६६ प्रतिशत किशोरीहरुले फेसबुकमा आफुलाई दुव्र्यवहार हुने गरेको बताएका छन् ।· फेसबुक खासै बुढो भएको छैन । अर्थात् यसका प्रयोगकर्ता उमेर छिप्पिएका मात्र छैनन् । सन् २०१४ मा माध्यामिक तहमा अध्ययनरत ८७ प्रतिशतले आफ्नो अझै पनि फेसबुक अकाउण्ट रहेको बताएका छन् । त्यस्तै ७० प्रतिशत फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरु फेसबुकमा आफ्ना अभिभावकसँग साथी छन् ।

फेसबुक प्रयोगकर्ताले आफ्नो रिलेसनसिप स्टाटस परिवर्तन गर्ने दिनमा फेसबुक पोष्टमा हुने अन्तरक्रिया २ सय २५ प्रतिशतले वृद्धि हुन्छ । तर २८ प्रतिशत नवविवाहित महिला पुरुषले मात्र आफ्नो विवाह भएको केही घण्टाभित्रै फेसबुकमा रिलेसनसिप स्टाटस परिवर्तन गर्ने गरेको पाइएको छ । अर्थात् विवाह भैसकेपछि पनि फेसबुक प्रयोगकर्ताहरु आफ्नो सिंगल स्टाटस फेर्न तत्कालै रुचाउँदैनन् ।

· फेसबुकमा साथी रहेका मध्ये सबैभन्दा धेरै ‘अनफ्रेण्ड’ गरिने साथीहरु स्कुल पढ्दाताकाका साथीहरु नै हुन् । किनकी उनीहरुले असम्बन्धित तथा ध्रुविकृत पोष्टहरु गर्दछन् ।

· अमेरिकामा १९.४ प्रतिशत जागिरेहरु उनीहरुको कार्यस्थलमा फेसबुक चलाउनबाट बञ्चित छन् । ३० प्रतिशत अमेरिकीले भने अफिसमा काम गरिरहेको बेलामा समेत फेसबुक चलाइरहन्छन् ।

· सबैभन्दा धेरै फेसबुक फ्यान भएको टेलिभिजन शो ‘दी सिम्पसन’ हो । यो एनिमेटेड कार्टुन शो को फेसबुक पेजमा ६ करोड ९६ लाख फ्यान रहेका छन् । बढि फ्यान भएका टेलिभिजन शो मा दोश्रोमा मिस्टर बिन र तेश्रोमा स्पोन्जबब रहेका छन् ।

· फेसबुकमा सबैभन्दा लोकप्रिय संगीतकर्मी शाकिरा हुन् । उनका १० करोड फेसबुक फ्यान छन् । त्यस्तै दोश्रो स्थानमा ९ करोड १० लाख फ्यान सहित इमिनेम र तेश्रो स्थानमा रहेकी रिहान्नाका ८ करोड १० लाख फेसबुक फ्यान रहेका छन् ।

· विश्वमा सबैभन्दा धेरै सक्रिया फेसबुक प्रयोगकर्ता रहेको देश क्यानडा हो । अमेरिका र क्यानडामा गरी फेसबुक दैनिक प्रयोगकर्ताको कुल संख्या १५ करोड ७० लाख रहेको छ ।

· एसिया महादेशमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २५ करोड ३० लाख रहेको छ । तर विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा भने फेसबुक प्रतिबन्धित रहेकेा छ ।




भर्खरै