२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विन्डोज १० जुलाइमा सार्वजनिक हुने



अ+ अ-

 

माइक्रोसफ्ट कम्पनीको नयाँ संस्करणको अपरेटिङ सिस्टम विन्डोज १० अर्को महिना सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आउँदो जुनाई २९ देखि विन्डोज १० अपरेटिङ सिस्टमयुक्त पर्सनल कम्प्युटर तथा ट्याबलेटको बिक्रि सुरु हुने जानकारी दिएको छ र सोही दिनदेखि विन्डोज प्रयोगक

तर स्मार्टफोन, एक्सबक्स गेम्स उपकरण तथा अन्य किटहरुका लागि भने केहीपछि मात्र विन्डोज १० उपलब्ध हुने बताइएको छ । विश्लेषकहरुका अनुसार विन्डोज १० को सार्वजनीकिकरण माइक्रोसफ्टको भाग्य निर्धारणमा महत्वपूर्ण हुनेछ ।

अहिलेसम्मको सबैभन्दा पछिल्लो अपरेटिङ सिस्टम विन्डोज ८ का कारण विन्डोज प्रयोगकर्ताबाट निकै आलोचना बेहोरिरहेको माइक्रोसफ्टले विन्डोज १० को प्रयोगपछि उपभोक्ताहरु सन्तुष्ट बन्ने विश्वास गरेको छ ।

निकै लोकपि्रय विन्डोज ७ मा उपलब्ध रहेका कतिपय फिचर्सहरु विन्डोज ८ मा हटाइएकोमा माइक्रोसफ्टले ती फिचर्सहरुलाई विन्डोज १० मा पुनरागमन गर्दै उपभोक्ताको मन फर्काउने कोसिस गरेको छ ।

माइक्रोसफ्टको अपरेटिङ सिस्टम विभागका उपाध्यक्ष टेरी मेर्सनले एक ब्लग पोष्टमा लेखेका छन्, ‘हामीले विश्वका १ सय ९० देशका डेढ अर्ब विन्डोज प्रयोगकर्ताका लागि नयाँ पुस्ताको विन्डोज सिर्जनागर्ने अभिप्रायका साथ विन्डोज १० डिजाइन गरेका हौँ ।’

उनका अनुसार विन्डोज १० मा विन्डोज ७ मा जस्तै स्टार्ट मेनु रहनेछ । त्यस्तै माइक्रोसफ्टको नयाँ वेब ब्राउजर एजका साथै एक्सबक्सबाट पिसी तथा ट्याब्लेटमा भिडियो गेम स्टि्रमिङ गर्ने नयाँ एप पनि विन्डोज १० मा उपलब्ध हुने बताइएको छ ।

माइक्रोसफ्टको विन्डोज १० एन्ड्रोइड तथा एप्पललको आइओएसले कब्जा गरेको ट्याब्लेटको अपरेटिङ सिस्टमको बजारमा जबरजस्त प्रवेश गर्ने अन्तिम अवसर हुने विश्लेषकहरुले बताएका छन् ।

 




भर्खरै