२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी दुर्घटना कम गर्न ताजगी केन्द्र स्थापना



अ+ अ-

उदयपुर, ४ पुस । लामो दूरीको यात्रामा सवारी चालकको थकान तथा तनावको कारण सवारी दुर्घटना हुने क्रम बढ्दै गएपछि उनीहरुलाई विश्राम गर्न सिद्धिचरण लोकमार्गअन्तर्गत सिरिसे गाविसको बेतेनीमा पहिलो पटक ताजगी केन्द्रको स्थापना गरिएको छ ।

उदयपुरको कटारी हुँदै बेतेनी तथा घुर्मी भएर ओखलढुङ्गा तथा खोटाङ जिल्लासम्म सञ्चालन हुने लामा दूरीका सवारी चालकका लागि केही समय भएपनि आराम गर्न र तरोताजा बन्न बेतेनीमा ताजगी केन्द्रको स्थापना गरेको कुरा हिमाली यातायात व्यवसायी सङ्घ कटारीले बताएको छ ।

पुस २ गतेदेखि बेतनीमा औपचारिक रुपमा ताजगी केन्द्र सञ्चालनमा ल्याइएको कुरा हिमाली यातायात व्यवसायी सङ्घ कटारीका प्रमुख शत्रुधन कार्कीले बताए । यस केन्द्रमा भौतिक पूर्वाधार पूर्ण रुपमा तयार नभएसम्म बेतेनी बजारका स्थानीयवासीले सवारी चालक तथा यात्रुलाई समेत शौचालय, पानी प्रयोग गर्न दिने र खाजानास्ताको समेत व्यवस्था गर्ने भएको छ ।

केही समयमा पछिनै स्थानीय गाविस तथा हिमाली यातायात व्यवसायी सङ्घ कटारीको पहलमा आराम गर्ने घर तथा छुट्टै खानेपानीको धारा र शौचालयको व्यवस्था गर्न लागिएको बताइएको छ ।

अब सिद्धिचरण लोकमार्गअन्तर्गत सञ्चालन हुने साना तथा ठूला जुनसुकै सवारीका साधनले पनि दैनिकरुपमा सिरिसेको बेतेनीमा कम्तीमा पनि पाँच मिनेटसम्म सवारी रोकेर चालकसहित यात्रुले समेत आराम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

ताजगी केन्द्रको नियम नमान्ने सवारीका चालकलाई कारबाही गरिने प्रावधानसमेत रहेको कुरा इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।