२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोजले ल्याए एकैसाथ तीन एल्बम



अ+ अ-

गायक तथा संगीतकार मनोज साङसोनले एकै साथ तीनवटा एल्बम प्रकाशनमा ल्याएका छन् । राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अथिति पूर्वअर्थमन्त्री एवं गीतकार शंकर कोइरालाले गायक तथा संगीतकार साङसोनका ‘नोस्टालजिया’, ‘माया नमार्नू है’ र ‘अनमोल’ को लोकार्पण गरे ।
‘नोस्टालजिया’मा संगीत तथा शब्द गायक साङसोनकै छ भने ‘माया नमार्नू है’मा लीला राईको एकल स्वर र साङसोनको एकल संगीत छ । यस एल्बममा सचित राई, पदम राई, चन्द्रप्रभात राई, राजन साम्पाङ, निराजन बतास र तिलक वालाहाङ राईको शब्द समेटिएको छ ।

चन्द्रप्रभात राईको एकल शब्द तथा आफ्नो संगीतमा उनले ‘अनमोल’ एल्बम प्रकाशनमा ल्याएका हुन् । यस एल्बमका गीतहरूमा राजेशपायल राई, अन्जु पन्त, विजय राई, मतिराम राई, सुविका राईलगायतको स्वर सुन्न सकिन्छ । यी एल्बम साङसोनका ११औँ, १२औँ र १३औँ एल्बम हुन् ।
नेपाली वाङमय परिषद्द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोइरालाले मनोजको संगीत अब्बल रहेको बताए । उनले संगीत–कर्मलाई निरन्तरता दिन सुझाव दिँदै ‘नोस्टाल्जिया’का गीत सुन्दा मनोजलाई आफूले ‘नदीजस्तो बगेको’ पाएको बताए । कार्यक्रममा संगीतकार शान्तिराम राई, समालोचक महेश पौड्याल, पत्रकार पदम वालाहाङ राई, गीतकार श्याम तमोट, प्राज्ञहरू उदय श्रेष्ठ र माधव प्रधानले मनोजको सांगीतिक कार्यको प्रशंसा गर्दै उनले यस क्षेत्रमा नेपाली मौलिकता दिन खोजेको उल्लेख गरेका थिए ।
‘हामीले विश्वलाई चिनाउनुपर्ने धेरै कुरा छन् । हामीसँग मौलिक भाषा, धर्म, संस्कृति तथा संस्कारहरू छन्’, नोस्टाल्जिया एल्बमका गीतको अंग्रेजी अनुवाद समेत गरेका पौड्यालले भने, ‘पूर्वी पहाडमा प्रचलित किरात सभ्यतालाई सांगीतिक क्षेत्रमार्फत मनोजजीले सशक्त रुपमा अगाडि बढाउनुभएको छ ।’