२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपूर्वी केन्यामा ३६ को हत्या



अ+ अ-

नाइरोबी, १६ मंसिर । उत्तरपूर्वी केन्यामा मङ्लगबार बन्दुकधारीको एक समूहले आक्रमण गरी ३६ कामदारको आमहत्या गरेको प्रहरी र रेडक्रस स्रोतले जानकारी दिएको छ । मानडेरा सहरनजिकै सोमालियाको सीमामा पर्ने एक इलाकामा मङ्गलबार बिहान सबेरै आक्रमणकारीको एक समूहले त्रिपाल लगाएर सुतिरहेका कामदारहरुलाई जथाभावी गोली प्रहार गरी हत्या गरेको सो स्रोतले जानकारी दिएको छ ।

सो स्थानमा सोमालियाको अल–कायदासँग आवद्ध सेवाव र अन्य आतङ्ककारी समूहले शृङ्खलावद्ध रुपमा आक्रमण गराउँदै आएका केन्या सञ्चारमाध्यमले जानकारी दिएको छ । सोमालियाली इस्लामिस्ट अतिवादी समूहले नै सो आक्रमण गरेको प्रहरीले आशङ्का व्यक्त गरेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले यस आक्रमणमा ३६ व्यक्तिको हत्या हुनुको साथै अन्य तीन अपहरण भएका जानकारी दिएका छन् ।

सोमबार अबेर रातिदेखि मङ्गलबार बिहानसम्म नै भएको यस आक्रमणको कुनै पनि समूहले जिम्मा भने लिएको छैन । केन्यामा सन् २०११ देखि सोमालियाली आतङ्ककारी समूहलगायत सेवा समूहको पनि सहभागितामा शृङ्खलावद्ध आक्रमण हँुदै आएको छ ।




भर्खरै