२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामिल र मराठी पछि बंगाली भाषा सिक्दै दीपिका



अ+ अ-

बलीउड सय करोड क्लबकी रानी दीपिका पादुकोण यतिबेला बंगाली भाषा सिकिरहेकी छिन् । चलचित्र पीकुको लागि उनले बंगाली भाषा सिकेकी हुन् । यसअघि उनले चलचित्र चेन्यई एक्सप्रेशको लागि तामिल र ह्याप्पी न्यू इयरको लागि मराठी भाषा पनि सिकेकी थिइन् । दीपका निर्देशक शूजित सरकारको साथ चलचित्रको वर्कशपमा ब्यस्त दीपिकालाई मौसमी चटर्जीले पनि बंगाली भाषा सिक्न मद्दत गरिरहेकी छिन् ।

बलीउडमा आफ्नो भूमिकालाई बिभिदता दिने कलाकारको अग्र पंतिमा आउछिन् दीपिका । दीपिका यसअघिका चलचित्र चेन्यई एक्सप्रेशमा तमिलियन, राम लीलामा गुजराती, ह्याप्पी न्यू ईयरमा महाराष्ट्रियन र फाइनिङ फन्नीमा गोवनी युवतीको भूमिका निभाईसकेकी छिन् भने फ्लोरमा जान लागेको चलचित्र पीकुमा बंगाली युवतीको भूमिकामा देखिने भएकी छिन् ।

यसरी अलग अलग भाषा सिक्दा आफ्नो ज्ञान पनि बढ्ने र रमाईलो पनि हुने बताउछिन् दीपिका । बलीउडमा सफल अभिनेत्रीमा नम्मर वानमा पर्ने दीपिकाको अभिनय रहेका अधिकाँश चलचित्रले सय करोड माथिको कारोबार गर्ने गरेका छन् । यसरी पछिल्लो समयका सबै चलचित्र सय करोड क्लबमा प्रबेश गरेकोले उनलाई सय करोड क्लबकी रानी पनि भन्ने गरिन्छ ।