२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्याडमिन्टन र टेबल टेनिसका विजयी घोषित



अ+ अ-

सिड्नी । नेप्लीज रिक्रियसन क्लबले आयोजना गरेको व्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता २०१४ का विजेताहरुको घोषणा गरिएको छ ।
टेबल टेनिस ४ विधामा खेलाइएको थियो भने व्याडमिन्टनमा ६ विधामा प्रतिस्पर्धा गरिएको थियो ।
कूल ६० जना खेलाडी सहभागी भएको यस वर्ष एनआरसीले प्रतियोगिताको आयोजना गरेको पाचौं वर्ष हो । हरेक वर्ष एनआरसीले विभिन्न खेलकुदका गतिविधि गर्ने गरेको छ ।
गल्फ, टेनिस, व्याडमिन्टन र टेबल टेनिसमा एनआरसीले प्रशिक्षण कार्यक्रम पनि गर्दै आएको छ ।
यस वर्षको विजेताहरुको नामावली सार्वजनिक गर्दै नेप्लीज रिक्रियसनल क्लबका अध्यक्ष जबिन श्रेष्ठले उत्साहजनक सहभागिताले यस्ता प्रतियोगिता आयोजना गर्न थप प्रेरणा दिएको बताए । नतिजा अनुसार यस वर्ष व्याडमिन्टन तर्फ महिला सिंगलको उपाधि अन्जनासिंह श्रेष्ठले जितेकी छिन् ।
त्यस्तै पुरुष सिंगल तर्फ तुल्सी ओझा, महिला डबलतर्फ रजनी पन्त र सहारा बस्न्यात, ४० मेन्स डबल्समा जविन श्रेष्ठ तथा टिम तिवारी विजयी भएको छन् । अन्डर ४० मेन्स डबल्समा सुरज राजथला श्रेष्ठ र तुल्सी ओझा विजयी भएका छन् ।
मिक्स डबल्समा अन्जना सिंह श्रेष्ठ र प्रताप श्रेष्ठ विजयी भएका छन् ।
यसैगरी टेबल टेनिसतर्फ महिला सिंगलमा एलिजा वन्त, पुरुष सिंगलमा कूलदिप प्रधान विजयी भएका छन् । पुरुष डबल्समा कुनाल प्रधान र मिक्स डबल्समा कुनाल प्रधान तथा एलिजा वन्त विजयी भएका छन् ।