२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी र बुद्धबारे दुई अन्तराष्ट्रिय कार्यक्रम हुने



अ+ अ-

सिड्नी । लुम्बिनी र बुद्ध बिषयमा केन्द्रित भएर दुई अन्तराष्ट्रिय स्तरका कार्यक्रम हुने भएको छ ।
वुद्ध जन्मस्थल बिषयमा बिश्वव्यापी रुपमा फैलाइएको भ्रम निस्तेज पार्न भन्दै सुरु गरिएको लुम्बिनी–कपिलवस्तु दिवस अभियानले आगामी डिसेम्बर १ मा यस्तो कार्यक्रम गर्न लागेको हो ।
अभियान छैटौं वर्षमा प्रबेश गरेको अवसरमा आफ्नो छैटौ बार्षिकोत्सब पारेर कार्यक्रम गर्न लागिएको बताइएको छ ।
वुद्ध जयन्तीको अबसर पारेर बेल्जियममा बिभिन्न बिदेशीहरुलाई समेत सहभागी गराएर वुद्ध र वुद्ध जन्मस्थल लुम्बिनीमा केन्द्रित भई बिभिन्न बिषयमा कार्यपत्र पेश गरिने किसिमले अन्तराष्ट्रिय संगोस्ठी आयोजना गरिने आयोजकले जनाएको छ ।
यसका लागि अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया) को मूल संयोजकत्वमा नौ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
समितिका अन्य सदस्यहरुमा डा कृष्ण अर्याल (नर्बे), प्रो. डा. कृष्ण पन्थी (नर्बे), प्रो. डा. मिरोज शाक्य (अमेरिका), डा. हरी कुमार श्रेष्ठ (नेपाल), डा. मधु कृष्ण श्रेष्ठ (रसिया), ई. शंकर गौतम (स्विडेन, दामोदर प्रशाद आचार्य (बेल्जियम) र निलेश अधिकारी (नेपाल) रहेका छन् ।
मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप–समितिहरु गठन गरिने जनाइएको छ ।
अभियानको छैठौं बार्षिकोत्सब मनाउने क्रममा आगामी डिसेम्बरमा बुद्ध र लुम्बिनी बिषयमा केन्द्रित भएर अन्तराष्ट्रिय साहित्यिक महोत्सब पनि मनाउन लागिएको छ । त्यसका लागि डा. मधु कृष्ण श्रेष्ठ (रसिया) को मूल संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा समदर्शी काइंला (युनाइटेड अरब एमिरेट्स), उमा सुवेदी (नेपाल), कमला प्रसाई (अमेरिका), भगवती बस्नेत (इजरायल), सानु घिमिरे (अस्ट्रेलिया), सुरेन्द्र लिम्बू परदेशी (भारत), बिमल गिरी (बेल्जियम), बिकल आचार्य (वेलायत), हरि कृष्ण लभली श्रेष्ठ (नेपाल), बिनोद अधिकारी (कुवेत), डा. लेखनाथ काफ्ले (ताइवान) र डा हरि कुमार श्रेष्ठ (नेपाल) रहेका छन् । यो मूल समितिले कार्यक्रम प्रभाबकारी बनाउन आवश्यकता अनुसारका उप–समितिहरु गठन गर्न सक्ने बताइएको छ ।
यसैगरी अभियानको छैटौं बार्षिकोत्सबकै सिलसिलामा बरिस्ठ कलाकारहरु निर शाह, मिथिला शर्मा, अमित ढुंगाना, रमित ढुंगाना, न्यास्ली बाशिश, मनिता लामा, असिमा नकर्मी अभिनित ुवुद्ध बर्न इन नेपालु चलचित्र अस्ट्रेलियामा प्रेमियर शो गरी बिभिन्न देशमा प्रदर्शन गरिने भएको छ ।
फिल्मको सल्लाहकारको रुपमा रामकुमार श्रेष्ठ, प्रो. क्याथरिन मार्श र भक्त भण्डारी रहेका छन् भने निर्देशकको रुपमा ज्ञानेन्द्र देउजा रहेका छन् ।