२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा मनाइयो गणतन्त्र दिवस



अ+ अ-

क्यानबेरा, १६ जेठ । सातौँ गणतन्त्र दिवसका अवसरमा अस्ट्रेलियाको क्यान्बेरास्थित नेपाली राजदूतावासले विविध सांस्कृतिक कार्यक्रमका साथै स्वागत समारोह आयोजना गरेको छ ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले आयोजना गरेको गणतन्त्र समारोहमा अस्ट्रेलियाली संसद्का सदस्य, विपक्षी दलका सिनेटर, क्यान्बेरास्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अस्ट्रेलिया सरकारका उच्चसरकारी अधिकारी, नेपालका मित्र, अध्ययन–अनुसन्धान र कामको सिलसिलामा अस्ट्रेलियामा रहेका नेपाली, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, सञ्चारकर्मी लगायत ४०० जनाको उपस्थिति थियो ।
त्यस अवसरमा राजदूत नेपालले नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक रूपान्तरणका क्षेत्रमा हाल भइरहेका प्रगतिबारे जानकारी गराउनुका साथै नेपालमा जलविद्युत् उत्पादन, पर्यटन, विकास तथा कृषि उद्योगमा लगानीका प्रशस्त अवसर रहेका उल्लेख गरे ।
उनले नेपालमा पुँजी परिचालन गर्न पनि आग्रह गरेका छन् ।
पर्यटन प्रवद्र्धनका दृष्टिले अतुलनीय नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीका अतिरिक्त पर्यटनका साथै साहसिक पर्यटनका निम्ति पनि प्रसिद्ध रहेकाले धेरैभन्दा धेरै अस्ट्रेलियालीलाई नेपालको भ्रमण गर्न राजदूत नेपालले अनुरोध पनि गरे ।