२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईदिने निःशुल्क स्वास्थ्य शिविर



अ+ अ-

काभ्रे, १६ पुस ।

काभ्रे जिल्लाको कोसीपारिस्थित अति विकट स्थान घ्याङडाँडामा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार ४५० व्यक्तिले आ–आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । वासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान भक्तपुर, नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, पिन नेपाल कालिमाटी, शिवशक्ति सेवा समाज बानेश्वर र मदानकुँडारी–२ स्थित श्रीस्वस्थानी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन भएको थियो ।

काभ्रेको बनेपादेखि करिब ६३ किमि दक्षिणपूर्वस्थित रामेछाप जिल्लाको सिमानामा रहेको श्री स्वस्थानी माविको प्राङ्गणमा भएको उक्त शिविरमा आँखा, हाडजोर्नी, क्षयरोग, स्त्रीरोग, बालरोग तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका चिकित्सक टोली तथा क्षयरोग निवारण संस्था भक्तपुरका प्राविधिक टोलीद्वारा स्वास्थ्य परीक्षण गरी आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको थियो ।

शिविरमा तीनवर्षे बालबालिकादेखि ८६ वर्षसम्मका वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गराउन काभ्रे जिल्लाका फलाँटे, कोलाती, कात्तिकेदेउराली, गोठपानी, माझीफेदा, पोखरीचौरी, धुसेनी शिवालय, मदानकुँडारी, ठूलो पर्सेल, पोखरीनारायणस्थान, मेच्छे चापाखोरी, सस्र्यूखर्क गाविस तथा रामेछाप जिल्लाका बेथान गाविस, गुन्सीभदौरे, लखनपुर रिस्ठ्ठेलगायत गाविसका बासिन्दा सहभागी भएको स्वस्थानी माविका प्रधानाध्यापक आशाराम लामाले जानकारी दिनुभयो । रामेछापबाट करिब ७÷८ घन्टासम्म हिँडेर स्वास्थ्य परीक्षणका लागि सहभागी भएका ७० वर्षीय फूलमाया तामाङले स्वास्थ्य शिविर अत्यन्त प्रभावकारी भएको र आफूलाई चस्मा र औषधिसमेत निःशुल्करुपमा उपलब्ध गराइएकामा निकै खुसी भएको बताउनुभयो ।

विकट ठाउँ भएका कारण स्वास्थ्य परीक्षणका लागि अस्पताल नहुँदा त्यहाँका बासिन्दा बिरामी भएमा निकै कठिनाइ भोग्नुपर्ने भएकाले समयसमयमा यस्ता शिविरहरु सञ्चालन गर्नुपर्ने उहाँहरुले आवश्यक औँल्याएका थिए । दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा करिब रु १० लाखबराबरको औषधि तथा चस्मा वितरण गरिएको बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मणशरण जोशीले जानकारी दिनुभयो ।शिविरमा जापानी नागरिकहरु ७३ वर्षीय साकामोटो मासाटाके, ७२ वर्षीय कोवायासी सिन्जिरो, ७१ वर्षीया कोवायासी, सिनोमिया तेरुहिसा, मोरिमोटो यसुशी र कावाबाता कैटाले पनि सहयोग पु¥याएको अध्यक्ष जोशीले बताउनुभयो ।

यसैगरी बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान भक्तपुरका सदस्य एवम् वासुदेवप्रसाद जोशीका कान्छा छोरा डा प्रकाश जोशीले काभ्रेस्थित मदानकुँडारी गाविस–२ मा रहेको श्रीस्वस्थानी माविलाई रु १० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ । यसैगरी शिवशक्ति सेवा समाज बानेश्वर तथा जापानी नागरिकहरु साकामोटो मासाटाके, कोवायासी सिन्जिरो, कोवायासी, सिनोमिया तेरुहिसा, मोरिमोटो यसुशी र कावाबाता कैटाले पनि सो विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरिएको थियो ।