२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षेत्र नं ६ मा एमाओवादीको घरदैलो अभियान सुरु



अ+ अ-

काठमाडौँ, ४ कात्तिक –

एकीकृत नेकपा (माओवादी) काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार हिमाल शर्माले घरदैलो अभियान सुरु गर्नुभएको छ ।  काभ्रेस्थली गाविस भवनमा एक कार्यक्रमको आयोजना गरी उहाँले घरदैलो अभियान सुरु गर्नुभएको हो । अभियान सुरु गर्दै उम्मेदवार शर्माले जनतालाई अधिकार सम्पन्न बनाउनका लागि आफ्नो पार्टी निर्वाचनको महाअभियानमा जुटेको र आफ्नो पार्टीले पूर्ण विजय प्राप्त नगर्दासम्म जनताको पक्षमा कुनै पनि काम नहुने धारणा राख्नुभयो ।

अघिल्लो संविधानसभा निर्वाचनमा एमाओवादी अरू दलभन्दा ठूलो दल बने पनि पूर्ण बहुमत प्राप्त नहुँदा जनताको पक्षमा काम नभएको र परिवर्तनकारी शक्तिको दुई तिहाइ बहुमत प्राप्त नहुँदा जनताको पक्षमा संविधान निर्माण हुन नसकेको धारणा उहाँले राख्नुभयो ।

कार्यक्रममा स्थानीयले जनताको पक्षमा काम गर्न र परिवर्तनको प्रवाहलाई अगाडि बढाउने ढङ्गले काम गर्न आग्रह गरेका थिए । सो निर्वाचन क्षेत्रमा गोङ्गबु, मनमैजु, काभ्रेस्थली, धर्मस्थली, फुटुङ, साङ्ला र झोर गाविस रहेका छन् भने काठमाडौँ महानगरपालिकाका २९, ३० र ३१ नम्बर वडा रहेका छन् । त्यसमा समाखुसी, नयाँ बसपार्क, गल्कोपाखा, ठमेल, ज्याठा, असन, महाबौद्ध, बागबजार, कमलादी लगायतका क्षेत्र रहेका छन् ।

सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट भीमसेनदास प्रधान, नेकपा (एमाले)का तर्फबाट योगेश भट्टराई र सङ्घीय समाजवादी पार्टीका तर्फबाट काठमाडौँ महानगरपालिका पूर्वमेयर केशव स्थापितलगायत उम्मेदवार रहनुभएको छ ।




भर्खरै