२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘देश, जनता र संगठनको सेवा गर्छु’



अ+ अ-

सरकारले बिहीबार कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आईजीपी नियुक्तिमा प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारबीच करिब एक महिनादेखि चलेको रस्साकस्सीपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले रानालाई नियुक्त गरेको हो । प्रधानमन्त्री भट्टराईले रानालाई नै महानिरीक्षक बनाउन चाहेका थिए भने गच्छदार पहिले तेस्रो वरीयताका भीष्म प्रसाईं र पछि दोस्रो वरीयताका नवराज ढकालका पक्षमा थिए ।

६० हजारभन्दा बढी जनशक्ति भएको नेपाल प्रहरीका २३ औं महानिरीक्षक भएका रानाको कार्यकाल १४ महिना हुनेछ । २०४० मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका राना व्यावसायिक छविका अधिकृतका रूपमा चिनिन्छन् । आफ्नो ब्याचको वरिष्ठतामा एक नम्बर उनका लागि संगठन प्रमुख बन्नु सजिलै चाहिँ भएन ।

५२ वर्षीय राना मानविकी संकायका स्नातक हुन् । उनले अपराध अनुसन्धान र प्रशासनिकसम्बन्धी विभिन्न उच्चस्तरीय तालिम लिएका छन् । उनन्तीस वर्ष लामो प्रहरी वृत्तिभर कुनै गैरव्यावसायिक काममा नमुछिएका उनीमाथि द्वन्द्वकालमा भएको एक घटनालाई लिएर लागेको मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दा पनि सर्वोच्च अदालतले गत महिना खारेज गरेको थियो ।

उनै रानासँग गरिएको संक्षिप्त कुराकानी-

…………………………………………………………………….

 

जनताको सुरक्षित हुने अपेक्षा कसरी पूरा गर्नुहुन्छ ?

जनताको शान्तिसुरक्षा नै प्रहरीको मूल कर्तव्य हो । प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित किसिमले जनस्तरमा पुर्‍याउन मैले आफ्नो नेतृत्वलाई भरपूर प्रभावकारी बनाउनेछु । नेतृत्व परिवर्तनलगत्तै हठात् परिवर्तन भन्ने हुँदैन । जिम्मेवारी बाँडफाँड, व्यावसायिकता, कार्यक्षमता, प्रहरी मनोबल, आचरणलगाय तका विष यमा स्पष्ट नतिजाहरू दिन प्रयत्न गर्नेछु ।

आईजीपी पदका लागि चरम प्रतिस्पर्धा भयो । यस्तो अवस्थामा ‘टिम स्पिरिट’ कसरी मिलाउनुहुन्छ ?

म ‘पार्टिसिपेटिभ म्यानेजमेन्ट’मा विश्वास राख्छु, यही मेरो कार्यशैली हो । जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, त्यो स्वभाविक र व्यावसायिक ढंगबाट भयो । संगठनभित्रको एउटै मात्र स्थानका लागि एकभन्दा बढी दाबेदार हुनु अनौठो होइन । हामी एक ढिक्का भए र काम गर्छौं । त्यो वाता  वरण बनाउने जिम्मेवारी मेरो हो ।

तपाईंलाई यो पदमा नियुक्त हुन राजनीतिक गुन लागेको हो ?

मलाई पटक्कै त्यस्तो लाग्दैन । बाहिरबाट त्यस्तो ‘प्रोजेक्सन’ भएको हुनसक्छ । म कर्तव्यनिष्ठ र गैरराजनीतिक पहिचा न भएको राष्ट्रसेवक हुँ । म यो कुरा व्यवहारमै पनि देखाउनेछु ।

गृहमन्त्रीसँगको सहकार्य कस्तो रहने अपेक्षा छ ?

म राज्यको एउटा सिपाही हुँ । मलाई राज्यको नीति, कानुनले बाँधेको छ । त्यहीअनुसार देश, जनता र संगठनको सेवा गर्छु । मलाई मेरो जिम्मेवारीमा द्विविधा छैन । म यसबारे स्पष्ट छु ।

तपाईंबाट जनताले तत्काल के आस गर्ने ?

गुनासो सुन्ने, इच्छित सेवा दिने प्रहरी संगठन मेरो सर्वोपरि लक्ष्य हो । यसका लागि म आफ्नो कार्ययोजना शीघ्र सार्वजनिक गर्नेछु ।

 




भर्खरै