७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद स्मृति दिवसमा छिन्ताङवासीको माग (भिडियो रिपोर्ट)



अ+ अ-

छिन्ताङ । छिन्ताङमा तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको छ । निरंकुशताविरुद्ध र परिवर्तनको पक्षमा आवाज बुलन्द गरेको भन्दै तत्कालीन पञ्चायती शासकले दमन गरेको ४३ वर्ष पूरा भएको दिन (कार्तिक २९) गते शहीद स्मृति दिवस मनाइएको छ ।

परिवर्तनको पक्षमा आन्दोलनको लहर ल्याउने र आन्दोलनकै क्रममा १६ जना शहीद बनेका खोपु-छिन्ताङ घटनामा मारिएका शहीद परिवारले उठाएका माग पूरा नभएको बताउँछन् । छिन्ताङबासी आफूहरुले परिवर्तन र कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानप्रति गर्व भएपनि राज्यस्तरबाट गाउँको समृद्धि र सहिद परिवारका लागि अझै थप केही होेस् भन्ने चाहना रहेको शहीद परिवारका सदस्य झलकमान राईले बताउनु भयो ।

राईले भन्नुभयो, ‘छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर एक रोजगार, राष्ट्रिय शहीदको कुरा, पारा नमिलाएर घोषणा गरिएको छ, शेरबहादुर देउवाले घोषणा गरेको शहीद मान्ने गरेको छैनौँ । शहीद परिवारको आर्थिकपक्ष सबल बनाइदिनु पर्ने । त्यसका लागि सरकारले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्छ ।’

त्यस्तै शहीद परिवारका सदस्य गंगाबहादुर राइले सरकारले शहीद परिवारलाई मध्यनजर गरेर विद्यालय र केही सुविधा दिएको बताउनुहुन्छ । राई भन्नुहुन्छ, ‘विद्यालय र केही सुविधा दिएको  तर केही मागहरु पूरा गरेको छैन ।’ छिन्ताङका १६ जना शहीदहरुको एकीकृत बस्ती, एक घर, एक रोजगार, राष्ट्रिय शहीद बनाउनु पर्ने, र शहीद परिवारको आर्थिकपक्ष सबल बनाउन सरकरले दिगो कार्यक्रम घोषणा गरिदिनु पर्ने शहीद परिवारका सदस्यहरुको माग छ ।

त्यस्तै जनप्रतिनिधिहरु भने शहीद परिवारलाई उनीहरुको सबै माग पूरा नभए पनि धेरै मागहरु पूरा गरिसकेको बताउँछन् । कार्यक्रममा पुग्नुभएका नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीका अध्यक्ष राजेन्द्रकुमार राईले शहीदहरुकै कारण छिन्ताङ विकसित भइरहेको भन्दै जनप्रतिनिधिहरुले शहीद परिवारका सबै सदस्यलाई रोजगारी दिने काममा लागि परेको बताउनुभयो । शहीद परिवारका सदस्यहरुले भनेको सबै कुरा लागू नभए पनि सरकारले शहीद परिवारका लागि धेरै सहयोग गरेको बताउँदै अध्यक्ष राईले भन्नुभयो, ‘शहीद परिवारलाई स्थानीय, प्रदेश र संघीय सरकारले पनि शहीद परिवारलाई सहयोग गरिरहेको छ ।’

शेरधर राई नेतृत्वको प्रदेश १ सरकारले खोकु–छिन्ताङका १६ शहीद परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत अनुदान दिएको थियो । अहिलेसम्म शहीद परिवारका लागि ८ वटा घर निर्माण भइसेकेको छ । त्यहाँका जनता खान नपाएपछि मझियाहरुको ढुकुटीबाट टिप्पणी उठाएर अन्न जनतालाई बाँडिएको थियो । त्यसबिरुद्ध पञ्चायती शासक वर्गले यो काण्डमा विभिन्न व्यक्ति हरुमाथि डकैतीको मुद्दा चलाएको थियो ।

स्थानीय पञ्चहरुले प्रशासनसँग गुहार मागेपछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा अञ्चलाधीश, प्रहरी प्रशासनका प्रमुख र सेनाले यस क्षेत्रका नागरिकमाथि दमनको नीति लिएको थियो । अन्ततः २०३६ सालमा छिन्ताङ हत्याकाण्ड भएको थियो । जसमा १६ जनाको हत्याकाण्ड भएको थियो । हत्याकाण्डमा परी मारिएका १६ जनालाई २०७४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शहीद घोषणा गरेको थियो ।