७ असार २०८३, आईतवार
,
Latest
लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बन्दको प्रभाव काठमाडौँमा समान्य



अ+ अ-

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौँमा समान्य परेको छ । 

मंगलवार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गरेको हो । काठमाडौं उपत्यका बाहिरका केही स्थानमा बन्दको प्रभाव देखिए पनि उपत्यकामा भने सामान्य प्रभाव परेको छ ।

पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्य वृद्धि तत्काल हटाउन माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो । बिहानको समयमा सडकमा कम सवारीसाधन देखिए पनि अहिले सवारीको चाप बढ्दै गइरहेको छ । सडकमा अप्रिय घटना हुन नदिन सरकारले चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।