७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ ग्रहण



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गर्नुभएको छ । 

उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्यन्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो ।  

नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेश सरकारका कानूनी सल्लाहकारका रुपमा मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै पदबहाली गर्नुभएको छ । उक्त शपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेको थियो ।