काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई हटाउन सर्बोच्च अदालत भित्र नेपाल बार एसोसिएसनको अगुवाईमा प्रदर्शन भै रहदा अदालत बाहिर भने प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन भएको छ ।
बिहिबार देखी नै सर्बोच्च अदालत भित्र नै प्रदर्शन गर्दे आएको बारले शुक्रबारबाट भने प्रधानन्यायधीश राणालाई अदालत नै प्रबेश गर्न नदिने भन्दै मुल ढोकामा नै शक्ति प्रदर्शन गर्दे आएको छ । उता बारको कदमको बिरोध गर्दे केही कानूनव्यवसायी र नागरिक समाजका नाममा प्रर्दशन पनि भै रहेको छ ।
सर्बोच्चको भित्र र बाहिर नै प्रदर्शन हुन थालेपछि अदालतमा सुरक्षाकर्मीको संख्या बढाइएको छ। प्रधानन्यायधीश राणाको पक्षमा प्रदर्शन गर्ने समुहका केहीलाई भने प्रहरीले पक्राउ गरेको छ ।












