काठमाण्डौ । नेपालका लागि बिभिन्न मुलुकका राजदूतहरुले नेपाली परम्परा र सस्कृतिलाई निकै रमाईलो संग मनाउने गराउने गरेका छन् । यस अघि दशैको समयमा पनि नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले बिजयादशमीको दिन टिका लगाएको र लगाईदिएको फोटो सामाजिक संञ्जालमा राख्नु भएको थियो । यस्तै तिहार पर्ब अन्तरगत कुकुर तीहारको दिन नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कुकुर पुजा गर्दे गरेको तस्वीर राख्नु भएको थियो ।
यस्तै लक्ष्मी पुजाको साँझ अमेरिकी राजदूत र्यान्डी बेरी र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले आफ्नो निबासमा दिपाबली गर्नुभएको छ ।

बुधबार कुकुर तीहारको दिन पनि संयुक्त अधिराज्य बेलायतकी राजदूत निकोला पोलिटले आफ्नो निबासको मुलढोका अगाडी रंगोली बनाउदै दीपावलीको शुभकामना दिनु भएको थियो।
यो पनि पढ्नुहोस- नेपाली पर्वमा रमाउदै कुटनीतिज्ञहरु
सामाजिक संञ्जाल ट्विटरमा रंगोली बनाउदै गरेको फोटो राख्दै राजदूत पोलिटले काठमाण्डौस्थित बेलायती राजदूतावासको तर्फबाट सबैमा दीपावलीको महान पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।











