७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गर या मर’को दबाबमा भारत



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेट अन्तर्गत भारतले आज (बुधबार) अफगानिस्तासँग प्रतिस्पर्धा गदैर्छ । अबुधाबीमा हुने यस खेलमा अफगानिस्तानलाई हराउनैपर्ने दबाबमा भारत रहेको छ ।

सुरुवाती दुई खेलमा पराजित भएको भारतकालागि सेमिफाइनलको दौडमा कायम रहन जित्नैपर्ने दबाब छ । 

भारत पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्याण्डसँग ठुलो अन्तरले पराजित भएको थियो ।

यस्तै भारतलाई ठुलो अन्तरको जित आवश्यक छ । अफगानिस्तान समूह बीको दोस्रो स्थानमा छ । उसले तीन खेलमा दुई खेल जितेको छ । 

यी दुई टिमबीचकोखेल नेपाली समय अनुसार शेख जायद मैदानमा साँझ ७ः४५ बजे सूरु हुनेछ ।

यस्तै आज नै हुने पहिलो खेलमा पौने ४ बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा न्यूजिन्यान्ड र स्कटल्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।