७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारमा बत्तीको अभाव हुँदैनः कुलमान घिसिङ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको छ । मंगलवार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताउनुभएको हो ।

उहाँले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताउनुभयो । प्रवन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताउनुभयो । उहाँले आम नागरिक तथा उपभोक्ताहरुलाई ढुक्कसँग विद्युत चलायन आग्रह गर्नुभयो ।

प्रवन्ध निर्देशक घिसिङले भन्नुभयो, ‘यो तिहारमा हामीले १५ सय मोगावाट भन्दा बढी एक्सपोज गरेका छैनौँ, हामीसँग जेनेरेशन अहिले सम्मको करिव २ हजार प्लस मेगावाटमा हामी जलविद्युत मात्रै उत्पादन जडित क्षमता छ, १५, १६ सय जलविद्युत अप्रेशनमा छौँ, कुलेखानी चलाउनु परेको छैन, कुलेखानी पनि खेर गइरहेको छ, दिउँसो करिव २ सय र राति ५ सय मेगावाट हामी सप्लाइमा छौँ, त्यो भएकोले तिहारको लागि लोड अनुसारको आपूर्ति धेरै बढी छ, कुनै समस्या हुँदैन, बत्तिका काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन सप्लाइको कारणले, ढुक्ककासाथ जतिपनि तिहार मनाउँदालाई लाइटिङ सिस्टम राख्नुपर्ने हो, इक्वीपमेण्ट चलाउँदा पनि हामीलाई असर पर्दैन, सबै आम नागरिक, उपभोक्ताले निर्धक्कका साथ तिहारमा झिलिमिली गर्दा हुन्छ ।’

प्रवन्ध निर्देशक घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताउनुभयो । उहाँले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताउनुभयो । प्रवन्ध निर्देशक घिसिङले भरपर्दो विद्युत कसरी दिने भन्ने अबको चुनौति रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने बताउनुभयो ।