७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्र शम्शेर जबराः प्रधानन्यायाधीशको ‘श्रीपेच खोस्न’ न्यायाधीशहरू र नेपाल बार ‘एकमत’



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजीनामा गराउन नेपाल बार एशोसिएशनको प्राङ्गणबाट कानुन व्यवसायीहरूको आन्दोलन मङ्गलवार पनि जारी रह्यो।

राजीनामा नै सम्मानजनक हुने भन्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अन्यथा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

उनले भने, ‘कानुन व्यवसायी र नागरिक पनि सडकमा उत्रिए भने बहिर्गमन सहज हुन्छ कि के हुन्छ ?’

कतिपय कानुन व्यवसायीले जबरालाई महाभियोगको कठघरामा उभ्याउने धम्की दिए।

सर्वोच्च अदालतसँगै जोडिएको बारको प्राङ्गणबाट त्यस्तो चेतावनी खेपिरहेका जबराविरुद्ध देखिएका उनकै सहकर्मीहरू पनि ूराजीनामा नदिएसम्म पछि नहट्नेू अडानमा छन्।

न्यायाधीशमाथि बारको दबाव
अघोषित आन्दोलनमा ओर्लिएका न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग समन्वय गर्न एउटा अनौपचारिक समिति बनाएका छन्।

त्यसले सोमवार प्रधानन्यायाधीशसँग भएको छलफलबारे अन्य न्यायाधीशहरूलाई जानकारी गराएको छ।

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले राजीनामा एक मात्र सर्त रहेको भन्दै बारलाई पनि विश्वासमा लिन आग्रह गरे।

उनले भने, ‘हाम्रो बटमलाइनभन्दा अन्यथा सहमति भयो भने स्वीकार्य हुन्न।’

तर सर्वोच्च अदालतका एक न्यायाधीशले बीबीसीसँग कुरा गर्दै ‘राजीनामा आउनैपर्छ भन्नेमा न्यायाधीशहरू एकमत रहेको’ बताए।

जबराले बिदा बसेर केही समयपछि पदत्याग गरिदिए हुने थियो भन्ने आफूहरूको मत रहेको उनले बताए।

अधिकार कटौतीमा बार
पद त्याग्न अस्वीकार गर्दै आएका जबराले राजीनामा दिए पनि प्रधानन्यायाधीशको अधिकार कटौती गर्न भने न्यायाधीश र नेपाल बार एकैठाउँ देखिएका छन्।

त्यसको आरम्भ पेसी तोक्ने विधिमा परिवर्तन गरेर हुने बताइएको छ।

एकजना न्यायाधीशले भने, ‘प्रधानन्यायाधीश, दुईजना वरिष्ठ न्यायाधीश र मुख्य रजिस्ट्रारले सामूहिक रूपमा पेसी सूची तयार गर्ने प्रस्ताव आएको छ। सम्भवतः गोलाप्रथा नहुँदासम्म त्यही समझदारीअनुसार काम अघि बढ्छ।’

त्यसो गर्नु ूराजाको श्रीपेच खोसे सरहू भएको बताउने ती न्यायाधीशका भनाइमा ूस्वेच्छाले पेसी तोक्ने अधिकारको दुरुपयोग गर्न पाइने भएकाले पनि प्रधानन्यायाधीश बन्न मरिहत्ते गर्नेू चलन छ।

न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको समितिले गोलाप्रथाबाट पेसी तोक्नुपर्ने सिफारिस गरेपछि नेपाल बारले त्यसको कार्यान्वयनको माग गर्दै आएको छ।

संविधान संशोधनको माग
बारका पूर्वमहासचिव रमण श्रेष्ठले भने, ‘बेन्च–शपिङ भएको छ भन्ने त्यो प्रतिवेदनमा छ, पेसी ठिक किसिमले तोकिएन भन्ने प्रतिवेदनमा छ। वरिष्ठ न्यायाधीशलाई अपमानित गरियो भन्ने त्यो प्रतिवेदनमा छ, बेन्च गठन गर्दा ठिक किसिमले गरिएन भन्ने त्यो प्रतिवेदनमा छ।’

जबराले आफू त्यसो गर्न तयार रहेको बताउने गरेका छन् तर अब पछि हट्ने मनस्थितिमा न्यायाधीशहरू नरहेको बताइन्छ।

त्यसबाहेक प्रधानन्यायाधीशको अधिकार कटौती गराउन संविधान संशोधन गराउन पनि नेपाल बारले आवाज उठाउने जनाएको छ।

सर्वोच्च बारका अध्यक्ष शाक्यले पनि तीन वटा विषय परिमार्न गर्न संविधान संशोधनको खाँचोमा जोड दिए।

उनले भने, ‘प्रधानन्यायाधीशलाई कार्यकारिणी अधिकार प्रयोग गर्ने भूमिकाबाट अलग गर्ने, न्यायपालिकाको पुनर्संरचना गर्ने र संसदीय सुनुवाइको व्यवस्थामा पुनर्विचार गर्नका निम्ति संविधान संशोधनको मागलाई पनि उठाउँदै जान्छौँ ।’

को हुन् चोलेन्द्र शम्शेर जबरा ?
चोलेन्द्र शम्शेर जबराको जन्म मंसिर २०१४ मा कालिकास्थानमा भएको सर्वोच्च अदालतको वेबसाइटमा प्रकाशित विवरणमा उल्लिखित छ।

उनले नेपाल ल क्याम्पसबाट डिप्लोमा इन ल (डीएल) गरेका छन्।

ओमप्रकाश मिश्र सेवानिवृत्त भएपछि जबरा पौष २०७५ मा प्रधानन्यायाधीश बनेका थिए।

उनी वैशाख २०५३ मा जनकपुर पुनरावेदन अदातलमा अतिरिक्त न्यायाधीश बनेर न्यायसेवामा प्रवेश गरेका हुन्। त्यसअघि उनी अधिवक्ताका रूपमा काम गर्थे।

तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई अघि नबढाउन तथा उनलाई काममा फर्काउन वैशाख २०७४ मा आदेश दिएपछि जबरा चर्चामा आएका थिए।

जबराले झन्डै दुई दशकअघि विराटनगर पुनरावेदन अदालतमा न्यायाधीश हुँदा एउटा मुद्दामा तासको खेल 'म्यारिज' जुवा नभएको फैसला गरेका थिए। उनको उक्त फैसला पनि निकै चर्चित भएको थियो। बीबीसी