७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्व लक्षित काठमाडौँ महानगरको १९ दिन अनुगमन : ११ वटा कारवाहीमा ४ लाख ६० हजार रुपैयाँ जरिवाना



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार व्यवस्थापनका लागि गरेको १९ दिने अनुगमनका क्रममा ६१ वटा व्यापारिक प्रतिष्ठान हेरिएका छन् ।

यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई जरिवाना तिराउँदा ४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये ७० हजार रुपैयाँ वाणिज्य विभागको खातामा र ३ लाख ९० हजार रुपैयाँ काठमाडौँ महानगरपालिकाको खातामा जम्मा भएको छ । महानगरले आफ्नै निरीक्षण अधिकृत तोक्नु अघि गरिएको जरिवाना वाणिज्यको खातामा र त्यसपछिको जरिवाना महानगरको आफ्नै राजस्व खातामा जम्मा भएको हो । 

आज बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको अनुगमन समीक्षा बैठकमा यस सम्बन्धी जानकारी दिइएको हो । 

समीक्षामा बोल्दै उपप्रमुख खड्गी श्रेष्ठले, अहिलेसम्म गरिएका अनुगमनका सिकाइ र उपलब्धीलाई संस्थागत गर्दै उत्पादनलाई बजारसँग जोड्ने प्रणालीका चक्रमा पहुँच बढाउने संयन्त्र विकास गरिने बताउनुभयो । हरेक पटक एउटै समस्यामा अल्झिनु हुँदैन । एक पटक प्रयास गर्दा त्यस क्षेत्रमा सुधार भएको उपभोक्ताले अनुभूति हुने प्रणाली विकास गरौँ । पर्वमा देखिएको सक्रियतालाई बर्षभरि नै निरन्तरता दिऔँ । खड्गी श्रेष्ठको भनाइ थियो । 

अनुगमनका क्रममा देखिएको समस्याका विषयमा जानकारी दिँदै निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले, खानेकुरा तयार पार्न प्रयोग गरिने कच्चा बस्तुको गुणस्तरमा सबैभन्दा समस्या रहेको उल्लेख गर्नुभयो । उपभोक्ताहरुको ध्यान तयार भइसकेका खानेकुरा हुन्छ । यो स्वभाविक पनि हो । उपभोक्ताले कच्चा पदार्थमा पहुँच नराख्ने भएकोले हामीले भान्छाको व्यवहार हेर्नुपर्छ । भण्डारीको भनाइ थियो । 

अनुगमनबाट प्राप्त तथ्य विश्लेषणबाट आगामी कार्यक्रम निर्धारण गर्नुपर्छ । यसका लागि हामी कानुनी प्रबन्धको अध्ययन, सूचना संकलन र अवस्थाको पहिचान प्रतिवेदन निर्माणका क्रममा छौँ । समीक्षामा अनुगमन तथा मूल्याङ्कन इकाईका प्रमुख नरेन्द्र विलास बज्राचार्यले, बजार व्यवस्थापन गर्न महानगरको नीति र कार्यक्रम रहेको काम गर्न सहज भएको उल्लेख गर्नुभयो । 

त्यसक्रममा तिहार पर्वलक्षित मिठाइजन्य व्यवसायमा गुणस्तरको समस्या रहेकोले नियमित निगरानी हुनुपर्नेमा जोड दिइयो । महानगरले मिठाइसँगै तिहारमा प्रयोग हुने फूल तथा माला र ड्राइ फुडको गुणस्तर, मूल्य जस्ता विषय हेर्ने भएको छ ।