७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को प्रादेशिक प्रयोगशाला विस्तार (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई बिस्तार गरिएको छ । विगतमा कोभिडको मात्रै जाँच हुँदै आएको प्रयोशालामा सर्ने र नसर्ने रोगहरुको जाँचको आवश्यक उपकरणहरु खरिद गरी प्रयोगशालालाई बिस्तार गरिएको हो ।

निजी प्रयोगशालमा जाने उपभोक्ताहरुलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । तर प्रदेश सरकारको आर्थिक सहयोगमा प्रयोगशालामा उपकरणहरु थप गर्दै जाँचको दायरालाई समेत फराकिलो बनाएपछि निजी प्रयोगशालामा महंगो रकम तिर्नुपर्ने बाध्यता हटेको हो । कार्यक्रममा बोल्दै समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताउनुभयो ।

उहाँले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताउनुभयो । उहाँले प्रयोगशालामा उपकरण थपिएसँगै जनताको स्वास्थ्य जाँचमा सहजता आउने बताउनुभयो । मन्त्री साहले भन्नुभयो, ‘जसको लागि भइरहेको छ, त्यसको उपस्थिती छैन,यो आम जनताको लागि भइरहेको छ, प्रदेशमा स्वास्थ्य स्थिती बदल्ने सरकारको प्रयास हो, कोरोनाको कारणले २ साल यता धेरै कुरा हुन सकेन ।’

कार्यक्रममा बोल्दै प्रयोगशालाका निर्देशक श्रवण मिश्रले प्रयोगशालामा धेरै प्रकारको जाँच हुने र यसबाट जनतालाई धेरै सहयोग पुग्ने बताउनुभयो ।उहाँले जनता प्रयोगशाला जाँचकै लागि भएपछि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । उनीहरुको लागि पैसा र समय दुबै वचत हुने बताउनुभयो । निर्देशक मिश्रले भन्नुभयो, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जे जँच गर्छ,  यहाँ सबै किसिमको जाँच हुन्छ, प्रदेशमा पब्लिक हेल्थ राखेका छौँ, यसबाट जनतालाई धेरै सहयोग पुग्छ, पैसा र समय दुबै वचत हुन्छ, प्रदेश सरकारले पालिका स्तरसम्म नै यसको दायरा बढाउनुपर्छ ।’

उहाँले आफू प्रदेश सरकार र स्थानिय पालिका स्तर सम्ममा यसको दायरा बिस्तारमा लागेको बताउँदै दायरा बिस्तार भएसँगै सेवा प्रवाह हुने बताउनुभयो ।