७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः आज पनि दुई खेल



अ+ अ-

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (बुधबार) दुई खेलहरु हुँदैछन् ।

जसमध्ये पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले हराएको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

समूह १ मा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

यता बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बंगलादेश श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।

यस्तै आजै नामिबिया र स्कटल्याण्डबीच पनि खेल हुँदैछ । आबुधाबीमा हुने यी दुई टिमबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।