७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक कानून व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजिनामा माग



अ+ अ-

काठमाडौं । ‘संवैधानिक कानून व्यवसायी मञ्च’ ले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजिनामा माग गरेको छ । ‘संवैधानिक कानून व्यवसायी मञ्च’ को आजको बैठकले प्रधानन्यायाधीश जबराको राजिनामा माग गरेको संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका हुन् ।  

उनीहरुले न्यायालय जस्तो पवित्र संस्थाको नेतृत्व विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्यायप्रणालीमै असर पर्न गई जनताको न्यायको अधिकार प्रभावित हुन पुगेको बताएका छन् ।

तसर्थ, 'न्यायपालिकालाई स्वतस्फूर्त रुपमा अघि बढ्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने अनिवार्यतालाई दृष्टिगत गरी सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराज्यूले राजिनामा गरी सहज निकासको लागि पहल गरिदिनुहुन संवैधानिक कानून व्यवसायी मञ्च जोडदार आग्रह गर्दछ।' भनेका छन् ।